भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल-बङ्गलादेश व्यापार: आयात पौने पाँच अर्ब, निर्यात ३५ करोडमा सीमित

नेपाल-बङ्गलादेश व्यापार: आयात पौने पाँच अर्ब, निर्यात ३५ करोडमा सीमित

झापा, २१ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा नाकाबाट बङ्गलादेशसँग भएको व्यापारमा नेपालले करिब पाँच अर्ब रुपैयाँ बराबरको सामग्री आयात गरेको छ भने निर्यात ३५ करोड रुपैयाँमा सीमित भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, काँकडभिट्टा शाखाका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै अप्रशोधित जुट (र अफिनिश्ड ज्यूट) आयात गरिएको छ, जसको मूल्य १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबर रहेको छ।

त्यसैगरी ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामग्री, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, कागज, सिसा तथा खाद्य तथा पेय पदार्थसमेत बङ्गलादेशबाट आयात भएका छन्।

नेपालबाट बङ्गलादेश निर्यात हुने वस्तुहरूमा प्रमुख रूपमा ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो पर्दछ। त्यस्तै गरी जडीबुटी, जनावरको आहार (एनिमल फिड), र केही घरेलु सामग्रीहरू पनि निर्यात गरिएको शाखा प्रमुख पाण्डेयले जानकारी दिए।

नेपाल–बङ्गलादेश व्यापार घाटाको अवस्था यस आँकडाबाट स्पष्ट देखिएको छ। नेपालले व्यापार सन्तुलन कायम गर्न उत्पादनमूलक निर्यातमा ध्यान दिनुपर्ने विश्लेषकहरू बताउँछन्।

 


Thali Mobile Pvt.Ltd.