भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे–म्युङ निर्वाचित

दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे–म्युङ निर्वाचित

काठमाडौं, एजेन्सी । दक्षिण कोरियाको राष्ट्रपति निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे–म्युङ विजयी भएका छन्। उनी कोरियाको २१औं राष्ट्रपति बन्ने भएका हुन्।

राष्ट्रिय निर्वाचन आयोगले जारी गरेको नतिजा अनुसार, लीले ४९ प्रतिशत मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रमुख प्रतिस्पर्धी, पीपल पावर पार्टीका किम मुन–सूले ४२ प्रतिशत मत प्राप्त गरे।

यो निर्वाचन पूर्वराष्ट्रपति यून सुक योलको बर्खास्तीपछि भएको हो। योलले आपतकालीन अधिकार प्रयोग गर्दै मार्शल ल लागू गरेपछि देशव्यापी जनआन्दोलन चर्किएको थियो, जसका कारण उनी पदच्युत भएका थिए। उल्लेखनीय कुरा के हो भने सन् २०२२ को निर्वाचनमा योलले यही लीलाई पराजित गरेका थिए।

यस निर्वाचनमा ७९.४ प्रतिशत मतदाता सहभागिता देखिएको छ, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च सहभागिता हो। विजयपश्चात राजधानी सोलस्थित राष्ट्रिय सभाभन्दा बाहिर भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै नव–निर्वाचित राष्ट्रपति लीले “राष्ट्रिय एकता”मा आधारित शासन प्रणाली लागू गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्।

त्यस्तै, उनले पछिल्ला वर्षहरूमा चिसिएको उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता पनि जनाएका छन्। कोरियाली समाचार संस्था योनहापका अनुसार, लीले आज विहान ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ।

 


Thali Mobile Pvt.Ltd.