भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

नेपाल बार एसोसिएसन: प्रतिनिधिसभा विघटन असंवैधानिक

नेपाल बार एसोसिएसन: प्रतिनिधिसभा विघटन असंवैधानिक

मुख्य बुँदा 

नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विरोध जनाएको छ

अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति जारी

विघटनलाई स्वेच्छाचारी र संवैधानिक सर्वोच्चता विरोधी भनेको छ

प्रतिनिधिसभा विघटनको अभ्यासले लोकतान्त्रिक संस्थाप्रति जनविश्वास घटाउने चेतावनी

काठमाडौँ, २८ भाद्र । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएको छ।

बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनेबित्तिकै विरोध गर्दै विज्ञप्ति जारी गरेको हो। अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विघटनको निर्णयको विरोध गरेका छन्।

बारले यसलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको निष्कर्ष निकालेको छ। बारका अनुसार, ‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनःस्थापनासम्बन्धी निर्णयसँग समेत विपरीत छ।’

अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथि जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको आधारलाई खतरामा पार्ने बारले चेतावनी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.