भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षाको सम्भावना

बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ,  ५ साउन । सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न भागहरूमा रातिदेखि नै वर्षा भइरहेको छ। कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा बिहानपख भारी वर्षा भए पनि अहिले केही कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा जारी छ। दिउँसोतिर देशको पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका केही ठाउँहरूमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने सम्भावना छ।

साथै महाशाखाले भूस्खलन तथा बाढीको जोखिम हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.