भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल १६ वर्ष प्रवेश

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल १६ वर्ष प्रवेश

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल १६ वर्ष पुगेकाे छ ।वार्षिकउत्सव सम्पन्न गर्दै अस्पतालको स्त्तोरन्नतीका लागि दक्षिण कोरिया सरकारले एक अर्ब २५ करोड आर्थिक सहायोग गरेको छ ।

नगरबासीको स्वास्थ्य उपचारमा यस रकमले सहज चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्न सहज हुने विश्वास लगेकाे छ । कोरिया सरकारद्धारा अस्पतालको स्तरवृद्धिका आर्थिक सहायोग प्राप्त हुनु नेपालीका लागि साैभाग्य भएकाे नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र चिकित्सा पूर्वाधार तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न ठूलाे सहयोग पुग्ने धारणा राखे ।

अस्पतालले उदाहरणीय कार्य गरिरहेको भन्दै अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले सेवा प्रवाहमा सहजता हुने बताए । अस्पताल सर्वसाधारणका लागि उपयोगी भएको विरामीको बताउँछन् ।

वार्षिकोत्सवका अवसरमा अस्पताल प्रशासनले विरामीलाई फलफुल वितरण गरेको छ । सो अवसरमा १० मिनेट सेवा प्रदान भन्ने नयाँ कार्यक्रम संचालनमा ल्याएको छ । अस्पतालले एक लाख ९२ हजार चार सय १६ जनालाई ओपिडी सेवा दिएको छ भने एक हजार ९ सय २० जनाको सफल अप्रेशन गरेको जनाएकाे छ । अस्पतालको १६ औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशनले गत साउन १ गतेदेखी चैत्र मसान्तसम्म ९ महिनाको अवधीमा सेवा लिएको जानकारी दिए ।

गत वर्ष साउन २०७९ देखी चैत्र मसान्तसम्म एक लाख ४ हजार २८० थियो । यसैगरी आईपिडी सेवा २ हजार ६०८, इमरजेन्सी (ईआर) सेवा ६ हजार १७८, ल्याव सेवा ५९ हजार ६५५, एक्सरे सेवा ४३ हजार १४६, ईसीजी ६ हजार ८२७ जनाले सेवा लिएका छन । यस्तै युएसजी सेवा १४ हजार ८१४, इन्डोस्कोपी ६२०, कोलोनोस्कोपी ९७, ब्रोनकोस्कोपी ६९, हेमोडायलासीस ३२३, इको १ हजार ५७५, टिएमटी १३५, ईईजी ७१ र एनपिएल सेवा ३७७ जनाले लिएका छन ।

अस्पतालले ९ महिनाको अवधीमा १ हजार ६५५ साना ठूला शल्यक्रिया गरेको डा. रौशनले जानकारी दिनुभयो । गत वर्ष सोही अवधीमा ७२३ वटा मात्र शल्यक्रिया भएको थियो । यसैगरी हालैशुरु भएको छोटो अवधीमा नै ९०१ जनाले सिटी स्क्यान सेवा लिएको राैशनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.