भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन

ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन

काठमाडौँ, १६ साउन । नेपाल आयल निगमले बजारमा एलपीजी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन सबै ग्यास वितरकलाई आवश्यक निर्देशन दिएको छ।

शनिबार जारी गरिएको विज्ञप्तिमा निगमले १४ दशमलव २ किलो क्षमताको घरायसी एलपीजी ग्यासको नियमित आपूर्ति भइरहेको जनाएको छ।

बजारमा ग्यास अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौज्दात नगर्न आग्रह गरेको छ।

निगमका अनुसार असार ३१ गतेको निर्णयअनुसार १४ दशमलव २ किलो क्षमताको ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्थित गरिएको छ भने दैनिक मागअनुसार निरन्तर ग्यास आपूर्ति भइरहेको छ।

घरायसी उपभोक्तालाई प्राथमिकता दिँदै बिक्री–वितरण गर्न निगमले ग्यास विक्रेतालाई खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर पारदर्शी रूपमा ग्यास वितरण गर्न निर्देशन दिएको छ।

यस्तै, ग्यास उपलब्ध नभएको अवस्थामा कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५४१९१०२ मा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गरिएको छ।

निगमले एलपीजी ग्यासको आयात, ढुवानी र बिक्री–वितरण नियमित रूपमा भइरहेको जनाउँदै कृत्रिम अभाव सिर्जना हुने गरी अनावश्यक भण्डारण नगर्न र आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न सबै उपभोक्तासँग आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.