भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक

नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक

काठमाडौं । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)ले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय क्रिकेट श्रृंखला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै घरेलु मैदानमा द्विपक्षीय श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले त्यसबारे सकारात्मक रूपमा छलफल अघि बढाएको हो।

बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाह्रियार नफिसले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समयअघि नै द्विपक्षीय श्रृंखला खेल्ने प्रस्ताव आएको र त्यसको सम्भावनाबारे बीसीबी र क्यानबीच सकारात्मक छलफल भइरहेको बताउनुभएको छ।

नफिसका अनुसार बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले नेपालसँग श्रृंखला खेल्न उपयुक्त समय मिलाउनु चुनौतीपूर्ण छ। यद्यपि सन् २०२७ सम्मको वर्तमान फ्युचर टुर्स प्रोग्राम (एफटीपी) चक्रभित्रै नेपालसँग श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।

क्यानले नेपालमै श्रृंखला आयोजना गर्ने प्रस्ताव गरेकाले घरेलु मैदानमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने नेपालको सम्भावना बढेको छ। यद्यपि श्रृंखलाको मिति, खेलको ढाँचा र अन्य विषयमा भने औपचारिक निर्णय हुन बाँकी छ।

बीसीबीको सकारात्मक प्रतिक्रियासँगै नेपाली क्रिकेट टोलीले बङ्गलादेशजस्तो टेस्ट राष्ट्रसँग घरेलु मैदानमा द्विपक्षीय श्रृंखला खेल्ने अवसर पाउने सम्भावना देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.