भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

ब्राजिलमा एक्सको कार्यालय र सेवा बन्द

ब्राजिलमा एक्सको कार्यालय र सेवा बन्द

काठमाडौं । सामाजिक सञ्जाल (एक्स) ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ । ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी व्यक्ति एलन मस्कले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ब्राजिलका न्यायाधीश मोरासले एक्सका कानूनी प्रतिनिधि राहेल नोभा कन्सेकाओलाई एक्समा भएका केही सामग्री हटाउन आदेश दिँदै नहटाएमा पक्राउ गर्ने धम्की दिएका थिए । एक्सले न्यायाधीश मोरासले हस्ताक्षर गरेको दस्तावेजको तस्बिर पनि प्रकाशित गरेको छ । जसमा नयायाधीशले आफ्नो आदेशको पालना नगरेमा दैनिक ३६ सय ५३ डलर जरिबाना र पक्राउको आदेश दिने धम्की दिएको पाइन्छ ।

‘हाम्रो कर्मचारीहरूको सुरक्षाको रक्षा गर्न, ब्राजिलमा हाम्रो अपरेशन बन्द गर्ने निर्णय गरेका छौँ’, एक्सले लेखेको छ । न्यायाधीशको धम्कीबारे ब्राजिलको सर्वोच्च अदालतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यस वर्षको शुरूमा न्यायाधीश मोरासले पूर्वराष्ट्रपति जायर बोल्सोनारो सरकारको समयमा नक्कली समाचार र घृणाका सन्देश फैलाएको आरोपमा केही अकाउन्ट बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर एक्सका मालिक मस्कले भने ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै उल्टै पुराना केही अकाउन्टमाथिको प्रतिबन्ध हटाएका थिए । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.