भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डेढ अर्ब रुपैयाँको नेपाली चिया निर्यात

डेढ अर्ब रुपैयाँको नेपाली चिया निर्यात

विराटनगर । नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । मुख्य रुपमा चिया भारत निर्यात हुने गरेको छ ।

पछिल्लो समय समुद्र पारका मुलुकमा चिया लोकप्रिय बन्दै गएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून हुने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको छ ।

साउन, भदौ, असोज र कात्तिक महिनामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।

नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा निर्यात हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.