भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोजगारीका लागि बेलायत जाने नर्सको नाम छनोट

रोजगारीका लागि बेलायत जाने नर्सको नाम छनोट

काठमाडौं । रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ ।

नेपाल र बेलायतबीच नर्स लैजाने सहमति भएअनुसार वैदेशिक रोजगार विभागले अन्तरवार्ताका लागि ७१ जना नर्स छनोट गरेको हो ।

गएको साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिनेसम्बन्धी जारी भएको सूचनाबमोजिम विभागको अनलाइन पोर्टलमार्फत ७ सय ७१ जना नर्सले आवेदन दिएका थिए ।

तीमध्ये ७१ जनालाई अन्तरवार्ताका लागि छनोट गरिएको हो । छनोट भएका नर्सहरूको अन्तरवार्ता मंसिर १८ गते डिसेम्बर ४ मा हुने विभागले जनाएको छ ।

बेलायतमा काम गर्न जान कम्तीमा २ वर्ष काम गरेको अनुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान छ ।

 


Thali Mobile Pvt.Ltd.