भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायल–इरान द्वन्द्वमा रहेका नेपालीहरू सुरक्षित, आवश्यक परे तुरुन्त सम्पर्क गर्न आग्रह

इजरायल–इरान द्वन्द्वमा रहेका नेपालीहरू सुरक्षित, आवश्यक परे तुरुन्त सम्पर्क गर्न आग्रह

काठमाण्डौ, २ असार ।  द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२ जना नेपाली छन् ।

इजरायलस्थित नेपाली दूतावासले अहिलेसम्म एक जनामात्र उद्धारको लागि अनुरोध गरेको र अरु सबैले आफूहरू सुरक्षित रहेको जानकारी दिएका छन् । दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र सुरक्षित आश्रयस्थल नजिकै बस्न सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा कुनै समस्या परेमा तेल अवीवस्थित नेपाली दूतावास र इरानमा समस्या परेमा कतारको दोहास्थित नेपाली नियोगसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ । इरानमा नेपालको आफ्नै दूतावास नभएकाले कतारस्थित राजदूतावासमार्फत समन्वय गरिनेछ ।

मन्त्रालयले दूतावासहरूलाई नेपालीहरूको सुरक्षा उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ भने परराष्ट्रमन्त्री आरजू देउवा राणाले सम्बन्धित राजदूतहरुलाई नेपालीहरूको निरन्तर सम्पर्क र सुरक्षा सतर्कता अद्यावधिक गराउन निर्देशन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.