भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इजरायल–इरान द्वन्द्वमा रहेका नेपालीहरू सुरक्षित, आवश्यक परे तुरुन्त सम्पर्क गर्न आग्रह

इजरायल–इरान द्वन्द्वमा रहेका नेपालीहरू सुरक्षित, आवश्यक परे तुरुन्त सम्पर्क गर्न आग्रह image

काठमाण्डौ, २ असार ।  द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२ जना नेपाली छन् ।

इजरायलस्थित नेपाली दूतावासले अहिलेसम्म एक जनामात्र उद्धारको लागि अनुरोध गरेको र अरु सबैले आफूहरू सुरक्षित रहेको जानकारी दिएका छन् । दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र सुरक्षित आश्रयस्थल नजिकै बस्न सुझाव दिएको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलमा कुनै समस्या परेमा तेल अवीवस्थित नेपाली दूतावास र इरानमा समस्या परेमा कतारको दोहास्थित नेपाली नियोगसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ । इरानमा नेपालको आफ्नै दूतावास नभएकाले कतारस्थित राजदूतावासमार्फत समन्वय गरिनेछ ।

मन्त्रालयले दूतावासहरूलाई नेपालीहरूको सुरक्षा उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ भने परराष्ट्रमन्त्री आरजू देउवा राणाले सम्बन्धित राजदूतहरुलाई नेपालीहरूको निरन्तर सम्पर्क र सुरक्षा सतर्कता अद्यावधिक गराउन निर्देशन दिएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.