भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

१ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ

१ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ

काठमाडौं, ५ साउन । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत अवस्थामा फेला परेकी २५ वर्षीया निशा सुनुवारको हत्या प्रकरणमा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दैलेखका रमेश बुढालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भई काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी सुनुवार असार ३ गते गेस्टहाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपी रमेश बुढाले आफ्नो एक लाख रुपैयाँ चोरी भएको आरोप लगाउँदै सुनुवारसँग विवाद गरेका थिए। त्यसक्रममा उनले आफ्नै कम्मरमा लगाएको बेल्ट प्रयोग गरी घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा हत्या भएपछि शव गेस्टहाउसको पलङभित्र लुकाइएको र केही दिनपछि दुर्गन्ध फैलिएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा दानबहादुर शाहीलाई पनि सोधपुछका लागि काठमाडौं ल्याइएको भए पनि हालसम्मको अनुसन्धानले हत्या घटनामा रमेश बुढाको मात्रै प्रत्यक्ष संलग्नता देखिएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.