भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

गाजामा इजरायली आक्रमणः १८ प्यालेस्टिनीको ज्यान गयाे

गाजामा इजरायली आक्रमणः १८ प्यालेस्टिनीको ज्यान गयाे

एजेन्सी, १३ असार । इजरायली सेनाले गाजामा गरेको पछिल्लो ड्रोन आक्रमणमा १८ जना प्यालेस्टिनीको ज्यान गएको छ। बीबीसीका अनुसार गाजाको दिर अल बलाह क्षेत्रमा भएको यो आक्रमण हमास-सम्बद्ध प्रहरीलाई लक्षित गरी गरिएको थियो।

आक्रमणका बेला विद्रोही समूह हमास अन्तर्गतका प्रहरीले बजार क्षेत्रमा सार्वजनिक सुरक्षा र नियन्त्रण कायम राख्ने प्रयास गरिरहेका थिए। हमासको नियन्त्रणमा रहेको गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै सार्वजनिक सुरक्षा कायम राख्ने प्रहरीमाथिको आक्रमणलाई “अपराध” भनेको छ।

इजरायली सेनाले भने यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन। इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ मा सुरु भएको युद्ध अझै रोकिएको छैन।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६०,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। मृतकमध्ये महिला र बालबालिकाको संख्या ठूलो रहेको छ। त्यसैगरी, इजरायलमा भएको आक्रमणमा हालसम्म १,२०० जना इजरायली नागरिकको ज्यान गएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.