भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रिय सभा निर्वाचन नजिकिएसंगै दलहरुका छुट्टा छुट्टै भेला

राष्ट्रिय सभा निर्वाचन नजिकिएसंगै दलहरुका छुट्टा छुट्टै भेला

विराटनगर । राष्ट्रिय सभा निर्वाचनको मौन अवधिको समयमा दुई गठबन्धनले छुट्टा छुट्टै भेला गरेका छन् । एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् । कोइराला निवासमा चियापानसहितको मतदाता भेला गरिएको थियो भने एमाले र राप्रपाले मोती दुगडको होटल ह्यारिसनमा भेला राखेका थिए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रिय सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएका थिए । कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मालगायत केन्द्रिय नेता सहभागी थिए । गठबन्धन दलका केही नेता पनि पुगेका थिए ।

कोइरालाले निर्वाचनमा कांग्रेस एक भएको सन्देश दिन भेला राखेका हुन् । नेकपा एमाले र राप्रपाले एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा ह्यारिसनमा भेला राखेका हुन् ।

निर्वाचन आचारसंहिता लागेको बेला उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । तर दुवै गठबन्धनले आचारसंहिता उल्लङ्घन गरेर भेला राखेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.