भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

राष्ट्रिय सभाका २० सिटमा निर्वाचनको तयारी, गोलाप्रथाबाट सांसद बनेकाको बिदा हुँदै

राष्ट्रिय सभाका २० सिटमा निर्वाचनको तयारी, गोलाप्रथाबाट सांसद बनेकाको बिदा हुँदै

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका २० सिटका लागि निर्वाचनको तयारी थालेको छ । २० सदस्यको पदका लागि माघमा निर्वाचन हुँदै छ । पद रिक्त हुनुभन्दा ३५ दिनअघि चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार माघ दोस्रो साता निर्वाचन सम्पन्न गर्ने आयोगको तयारी छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्थाअनुसार आयोगले ११ माघमा चुनाव गर्ने मनस्थिति बनाएको छ । यद्यपि, मिति तोक्न बाँकी छ । नयाँ जनगणनाअनुसार मतभार कायम गरिसकेको आयोगले लगत्तै निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्दै छ ।

प्रदेश सांसद, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने निर्वाचनमा मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसारको कुल जनसंख्यालाई आधार मान्नुपर्ने कानुनी व्यवस्था छ । एमालेका आठ, कांग्रेसका चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र दुईजनाको कार्यकाल सकिँदै छ ।

रिक्त हुन लागेका २० सिटमध्ये बागमतीमा चार, गण्डकी, कर्णाली र सुदूरपश्चिममा तीन÷तीन तथा कोशी, मधेश र लुम्बिनी प्रदेशमा दुई÷दुई सिट छन् । प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट तीनजना मनोनीतसहित ५९ सदस्यीय राष्ट्रिय सभामा एकतिहाइ सदस्यहरूको निर्वाचन प्रत्येक दुई वर्षमा हुन्छ । अहिले हुन लागेको तेस्रो निर्वाचनमा प्रदेशगत दलीय मतभार हेर्दा सत्तागठबन्धनको पकड देखिन्छ ।

आयोगले मतभार तोकेसँगै रिक्त हुने पदमा दलीय मतभार पनि प्रस्ट भएको छ । गोलाप्रथाबाट पद पाएका र बिदा हुनेमा एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई छन् ।

कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । यस्तै माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् ।

एकीकृत समाजवादीबाट भौतिक राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा छन् । जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव छिन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र खिमलाल देवकोटा पनि कार्यकाल सकेर बिदा हुनेछन् ।

 


Thali Mobile Pvt.Ltd.