भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय सभा निर्वाचन उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी गर्न सकिने

राष्ट्रिय सभा निर्वाचन उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी गर्न सकिने

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली सार्वजनिक हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ । मतदान सकिएपछि सोही दिन मतगणना हुने छ ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.