भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लोक सेवा आयोगले कर्णालीका लागि माग्यो कर्मचारी

लोक सेवा आयोगले कर्णालीका लागि माग्यो कर्मचारी

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रशासन र लेखा गरी खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको हो । आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ जना कर्मचारी माग गरेको हो।

कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको छ । परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

 


Thali Mobile Pvt.Ltd.