भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

लोक सेवा आयोगले कर्णालीका लागि माग्यो कर्मचारी

लोक सेवा आयोगले कर्णालीका लागि माग्यो कर्मचारी

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रशासन र लेखा गरी खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको हो । आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ जना कर्मचारी माग गरेको हो।

कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको छ । परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

 


Thali Mobile Pvt.Ltd.