भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटनले भरिएको निसी गाउँ, लोकमार्ग कालोपत्रे भएपछि चहलपहल बढ्यो

पर्यटनले भरिएको निसी गाउँ, लोकमार्ग कालोपत्रे भएपछि चहलपहल बढ्यो

बागलुङ । कलकल बग्ने निसीखोलाले यतिबेला पर्यटक तानिरहेको छ । अग्ला भिर पहराले घेरेको यो ठाउँ मध्य पहाडी लोकमार्गले जोडेको छ । स–साना ढुंगामाटोले बनेका कलात्मक घरहरुले पर्यटकलाई स्वागत गरिरहेको छ ।

मगर कला सँस्कृतिले भरिएको हुँदा यहाँ आइपुग्ने जोकोही आकर्षित हुने गर्दछन् । अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्दछ । निसी गाउँको अवलोकन गरेर मात्रै गन्तव्यतर्फ लाग्नेहरु आनन्दित हुने गर्छन् । कृषि र पशुपालनमा आश्रित स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा सलवलाएका छन् ।

निसीखोला गाउँपालिका–५ मा पर्ने यो गाउँ एक दशक अगाडिसम्म सेवासुविधा थिएन । मगर खाम भाषा बोल्ने स्थानीयको आफ्नै परम्परा छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । बजार बुर्तिबाङ आइपुग्न एक दिन पूरै लाग्ने गर्थ्यो ।

अहिले बुर्तिबाङ आउन ४५ मिनेट लाग्छ । सडक यातायातको पहुँचले यस गाउँको मुहार फेरिन थालेको स्थानीयको भनाइ छ । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि चहलपहल बढेको छ । साना झुपडी रहेका ठाउँमा अहिले ठूला–ठूला पक्की घर बन्न थालेका छन् । मौलिक घरहरु विस्थापित हुँदैगएपछि बुढापाका चिन्तित बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.