भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नगदसहित हुण्डी कारोबारी पक्राउ

नगदसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीलाई ठूलो सफल्ता मिलेको छ । हुण्डी कारोबारमा संलग्न रकाठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित राईको सटरबाट नगद रु ३० लाख १८ हजार, ल्यापटप दुई थान र मोबाइल पाँच थान बरामद गरिएको केन्द्रीय प्रहरी कक्षले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.