भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार १२ बजेसम्म बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार १२ बजेसम्म बन्द

काठमाडौँ, २५ भाद्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो। तर, परिस्थितिजन्य कारणले आन्तरिक उडान अझै सञ्चालन हुन नसक्ने भएको हो।

आन्तरिक उडानको प्रमुख प्रदायक बुद्ध एयरले बुधबार जारी गरेको सूचनामा मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जानकारी दिएको छ। कम्पनीले यात्रुमा पर्न गएको असुविधाका लागि क्षमा माग्दै टिकट लिएर यात्रा गर्न नपाएका यात्रुको रकम फिर्ता हुने जनाएको छ।

वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै कठिन परिस्थिति भए पनि आम जनतालाई सेवा दिन तत्पर रहेको जनाएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति गहिरो संवेदना व्यक्त गर्दै दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसैबीच, सङ्घले छुट्टै विज्ञप्ति निकाल्दै हाल सञ्चालनमा रहेका हेलिकप्टरहरूले कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई सेवा नदिएको स्पष्ट पारेको छ।

 


Thali Mobile Pvt.Ltd.