भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एनपीएलमा आज दुई खेल: लुम्बिनी – कर्णाली र काठमाडौं – विराटनगर आमनेसामने

एनपीएलमा आज दुई खेल: लुम्बिनी – कर्णाली र काठमाडौं – विराटनगर आमनेसामने

काठमाडाैं । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदै छन् ।

बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । लुम्बिनी रोहितकुमार पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछन् । लुम्बिनी आज दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो ।

त्यसैगरी कर्णालीका लागि पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवनसँग हार भोगेको कर्णाली आजको खेलमा जीत निकाल्दै लिगमा पुनः लय समात्न चाहन्छ ।

त्यसैगरी दिउँसो ३:३० बजे सुरु हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स भिड्नेछन् । करण केसीको कप्तानीमा रहेको काठमाडौं आज तेस्रो खेल खेल्दै छ ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराए पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै उसको लय बिग्रेको छ । उता सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट जीत दर्ता गरेको थियो ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.