भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं, ६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे सानेपा स्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि पटक – पटक स्थगित हुँदै मंसिर ४ का लागि बोलाइएको बैठक फेरि सारिएपछि आज बस्न लागिएको हो । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापतिहरू सहभागी हुनेछन् । गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषय मुख्य एजेण्डा बनेको छ । यसबारे केन्द्रीय सदस्यहरूबीच मतभिन्नता कायमै छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू आगामी फागुन २१ गतेको प्रतिनिधिसभा उपनिर्वाचन भन्दा पहिले नै अर्थात् पुस महिनाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा छन् । त्यसका विपरीत सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले उपनिर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क गरिरहेका छन् ।
नियमित महाधिवेशन सम्भव नभए ५५ प्रतिशत प्रतिनिधिको भावना अनुसार विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि थापा – शर्मा पक्षले अघि सारेका छन् ।

केन्द्रीय सदस्यहरूको आधिकारिक वक्तव्यक्रम कात्तिक २७ गते नै सकिए पनि, सहमतिको प्रयास गर्दै बैठक पटक – पटक सारिँदै आएको हो ।

आजको बैठकले महाधिवेशनको मितिबारे ठोस निर्णय लिन्छ कि पुनः अनिश्चितता कायम रहन्छ भन्नेमा सबै नेताकाे नजर त्यसमै केन्द्रित छ ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.