भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नवलपरासीमा मोटरसाइकललाई अज्ञात सवारीको ठक्कर, चालकको मृत्यु – दुई युवती गम्भीर घाइते

नवलपरासीमा मोटरसाइकललाई अज्ञात सवारीको ठक्कर, चालकको मृत्यु – दुई युवती गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने पछाडि बसेका दुई युवती गम्भीर रूपमा घाइते भएका छन् ।

शुक्रबार राति करिब १० बजे डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको अर्को सवारीसाधनले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४२ वर्षीय हीराबहादुर परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कावासोती नगरपालिका – १६ गैडाचोकका बासिन्दा हुन् । घाइते दुवैजना – ३२ वर्षीया सुनिता जोहार्जा (कावासोती – ३) र २४ वर्षीया मीना मगर (कावासोती – १४) लाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

ठक्कर दिएर फरार भएको सवारीसाधनको खोजी तथा आवश्यक छानबिन जारी रहेको डीएसपी नेपालले बताए ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.