भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

ओलीको विरुद्धमा बोल्नेहरु धमाधम कारबाहीको शिकार

ओलीको विरुद्धमा बोल्नेहरु धमाधम कारबाहीको शिकार

कैलाली । नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परेका छन् । एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।

पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई जिम्मेवारीबाट हटाउँदै पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासनसहित केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो । पूर्वमन्त्री कृष्णराज सुवेदीलाई पनि संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चूडामणि भट्टले बताए ।

रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् । रावल धनगढी आउँदा दुवै जना स्वागतमा खटिएका थिए । एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभाबी लेख्ने पूर्वसचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रती ध्यानाकर्षण भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.