भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

तीन जना महिला बन्धकको नाम प्यालेस्टिनी विद्रोही समूह हमासले सार्वजनिक गर्‍यो

तीन जना महिला बन्धकको नाम प्यालेस्टिनी विद्रोही समूह हमासले सार्वजनिक गर्‍यो

एजेन्सी । तीन जना महिला बन्धकको नाम प्यालेस्टिनी विद्रोही समूह हमासले सार्वजनिक गरेको छ । पहिलो चरणमा मुक्त गर्ने बन्धकको नाम हमासले सार्वजनिक गरेको हो ।

यसअघि इजरायलले हमासले बन्धकहरूको नाम सार्वजनिक नगरेको भन्दै युद्धविराम पालनामा ढिलाइ भएको थियो । सम्झौताअनुसार गाजामा युद्धविराम स्थानीय समयअनुसार बिहान साढे ८ बजे शुरू हुनुपर्ने थियो । तीन जना इजरायली महिलाको नाम सार्वजनिक गर्दै पहिलो उनीहरूलाई रिहा गर्ने बताएको बीबीसीले जनाएको छ ।

हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।
युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरेका छन् भने यसलाई स्थायी शान्तिको प्रयासका रूपमा हेरिएको छ ।
मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।

युद्धविराम शुरू भएको एक घण्टामा इजरायली आक्रमणमा १० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार इजरायली आक्रमणमा गाजा सिटीमा ६, उत्तरी गाजामा ३ र रफाहमा १ जना मारिएका छन् ।

यस्तै आक्रमणमा २५ जना घाइते भएका छन् । यसअघि इजरायलको सेनाले युद्धविराम शुरू नभएसम्म गाजामा आफ्नो सैन्य कारबाही जारी राख्ने बताएको थियो ।

 


Thali Mobile Pvt.Ltd.