भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ: केपी ओली

जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ: केपी ओली

सेरेमोनियल रामचन्द्रजी हुँदाहुँदै अझ किन चाहियो राजा ? काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नभएको बताएका छन् । ४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जन्मँदै शासक हुने सिद्धान्त पाखण्डी भएको तर्क गरे ।

राजतन्त्र सामन्तवादको अवशेष हो भन्दै उनले यदि कहीं छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने जिकिर गरे । नेपालमा पनि २०५८ सालमा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे ।

उनले भने, ‘कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला, तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ रु राजनीतिक, दार्शनिक सैद्धान्तिक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’ एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लगि दलहरु एक रहेको बताए ।

शान्ति, सुशासन र विकासका मुद्दासँगै राष्ट्रियताका मुद्दामा पनि दलहरु एक हुनुपर्ने बताए । मिचिएको जमिन फिर्ता ल्याउनुपर्ने भन्दै ओलीले भने, ‘भारत हाम्रो मित्र हो, मित्र भनेपछि हामीले कुरा गर्न सक्नुपर्छ । आफ्नो मर्का खुलेर भन्नुपर्छ, यो मर्का पार्न पाइँदैन भन्न सक्नुपर्छ । अनि, अलिक यो अनकम्फर्टेबल ढंगले कुरा गर्छ, हामी कम्फर्टेबल हुने कम्पिटिसन नगरौं न ।’

 


Thali Mobile Pvt.Ltd.