भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ: केपी ओली

जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ: केपी ओली

सेरेमोनियल रामचन्द्रजी हुँदाहुँदै अझ किन चाहियो राजा ? काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नभएको बताएका छन् । ४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जन्मँदै शासक हुने सिद्धान्त पाखण्डी भएको तर्क गरे ।

राजतन्त्र सामन्तवादको अवशेष हो भन्दै उनले यदि कहीं छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने जिकिर गरे । नेपालमा पनि २०५८ सालमा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे ।

उनले भने, ‘कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला, तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ रु राजनीतिक, दार्शनिक सैद्धान्तिक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’ एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लगि दलहरु एक रहेको बताए ।

शान्ति, सुशासन र विकासका मुद्दासँगै राष्ट्रियताका मुद्दामा पनि दलहरु एक हुनुपर्ने बताए । मिचिएको जमिन फिर्ता ल्याउनुपर्ने भन्दै ओलीले भने, ‘भारत हाम्रो मित्र हो, मित्र भनेपछि हामीले कुरा गर्न सक्नुपर्छ । आफ्नो मर्का खुलेर भन्नुपर्छ, यो मर्का पार्न पाइँदैन भन्न सक्नुपर्छ । अनि, अलिक यो अनकम्फर्टेबल ढंगले कुरा गर्छ, हामी कम्फर्टेबल हुने कम्पिटिसन नगरौं न ।’

 


Thali Mobile Pvt.Ltd.