भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उपेन्द्रको उपद्रो, ओलीभन्दा देउवाको साथ

उपेन्द्रको उपद्रो, ओलीभन्दा देउवाको साथ

काठमाडौं । समाजवादी मोर्चाको सदस्य रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वार्थका लागि एक वर्षमै मोर्चाबाट बाहिरिएका छन्।माओवादी केन्द्र, एकीकृत समाजवादी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनेको थियो । तर ‘प्रचण्ड’ सत्तामा हुन्जेल निष्क्रिय रहेको यो मोर्चा अहिले तीब्र गतिमा सक्रिय हुँदा उपेन्द्र यादवले उपद्रो मच्चाउँदै बाहिरिएका छन् ।

समाजवादी मोर्चा छोडेनन् मात्रै उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थनमा समेत उभिएका छन् । असार ३० गते ओलीले सरकारको नेतृत्व लिए । तर वैशाख २३ गते पार्टी फुटाइदिएपछि प्रचण्डसँग रुष्ट यादवले त्यसयता मोर्चाको कुनै कार्यक्रममा भाग लिएनन् । यादव मोर्चामा नरहेको पुष्टि माओवादी केन्द्रका महासचिव देव गुरुङले गरेका थिए ।

जसपा अध्यक्ष यादव समाजवादी मोर्चा नाममात्रैको भएकाले यसबारे चर्चा गरेर समय बर्बाद गर्नुको अर्थ नहुने भन्दै तर्क नगर्न आग्रह गर्छन् । ओली र प्रचण्डका कारण पार्टी विभाजन भएको आक्षेप लगाउने उपेन्द्रले देउवासँग सहकार्यको संवाद जारी राखेका कांग्रेस नेताहरू बताउँछन् । गृहमन्त्री बन्नुअगाडि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपेन्द्रले नयाँ सरकारलाई समर्थन गर्ने तर मन्त्रीमण्डलमा समावेश नहुने गरी तयार भएको बताएका थिए । उपेन्द्रलाई ओलीभन्दा देउवाले बढी साथ दिएको अभिव्यक्ति दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.