भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु

काठमाण्डौ । कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कालीकोटको हलेसे भीरमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

लालु गाउँबाट मकै र भटमास खरिद गरेर स्थानीय बजार खुलालु हुँदै सुर्खेत फर्किने क्रममा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पलाता–८ घर भएका चालकले हाम फालेर ज्यान जोगाएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ–५ रुप्साका स्थानीय खुलालु बजारमा व्यवसाय गदै आएका गाडीधनी ४५ वर्षका गंग देउवाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । नरहरिनाथ गाउँपालिका–८ लालु गाउँबाट फर्किने क्रममा कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.