भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पश्चिम नवलपरासीस्थित विद्युत् पाेलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

पश्चिम नवलपरासीस्थित विद्युत् पाेलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवलाई करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार यादव आज बिहान ६ः०० बजे सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सो क्रममा उनलाई करेन्ट लागेको हो । उनलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएको थियो । अस्पतालका डाक्टरले उनलाई उपचारका क्रममा मृत्यु भएको घोषणा गरेका हुन्।

स्थानीयबासीका अनुसार उक्त स्थानमा वाइफाइलगायतका अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा छ ।

 


Thali Mobile Pvt.Ltd.