भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

पश्चिम नवलपरासीस्थित विद्युत् पाेलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

पश्चिम नवलपरासीस्थित विद्युत् पाेलमा बत्ती निभाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

काठमाडौं । विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादवलाई करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार यादव आज बिहान ६ः०० बजे सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए । सो क्रममा उनलाई करेन्ट लागेको हो । उनलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएको थियो । अस्पतालका डाक्टरले उनलाई उपचारका क्रममा मृत्यु भएको घोषणा गरेका हुन्।

स्थानीयबासीका अनुसार उक्त स्थानमा वाइफाइलगायतका अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा छ ।

 


Thali Mobile Pvt.Ltd.