भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोली प्रहारबाट तीन जनाको हत्या

गोली प्रहारबाट तीन जनाको हत्या

एजेन्सी । नेदरल्याण्ड्समा गोली चल्दा तीन जनाको ज्यान गएको छ । नेदरल्याण्ड्सको रोटरडम शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीनजना मारिएका हुन्। सञ्चारमाध्यमका अनुसार राजधानी एम्स्टर्डमबाट ८० किलोमिटर टाढा रहेको रोटरडम शहरमा मारिनेमा ३९ वर्षीया महिला, उनकी१४ वर्षकी छोरी र ४३ वर्षीय एक प्राध्यापक छन् ।

हत्या लगतै ३२ वर्षीय बन्दुकधारीले नजिकैको स्वास्थ्य केन्द्र इरास्मस मेडिकल सेन्टरमा प्रवेश गरेर अर्का एक व्यक्तिको हत्या गरेका थिए । ती बन्दुकधारी व्यक्ति उक्त अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ ।

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.