भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सहकारीको रकम ठगी आरोपमा प्रवन्धक पक्राउ

सहकारीको रकम ठगी आरोपमा प्रवन्धक पक्राउ

तनहुँ । भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

भिमाद नगरपालिका–९ सखेप निवासी ५२ बर्षीय प्रवन्धक थापालाई प्रहरीले पक्राउ गरी बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेको बारे अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले उक्त सहकारी संस्थाको रु.दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जानकारी दिए।

प्रहरीमा हिनामिनाको उजुरी परेसंगै तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई प्रबन्धक थापामाथि अनुसन्धान भईरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.