भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

दैलेखमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

दैलेख । दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राकम कर्णालीका ४० वर्षीय नगेन्द्र माझीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय नन्दा माझीका साईलो छोरा नगेन्द्र माझी घाँस काट्ने क्रममा रुखमा चढेका थिए।

घाँस काट्दै गर्दा काटिएको रुखको हाँगा नजिकै रहेको क्षेत्रीय विद्युत लाइनमा छोइएपछि उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते अवस्थामा स्थानीयहरूले उद्धार गरे तापनि घटनास्थलमै उनको ज्यान गएको हो ।

उक्त घटना बैशाख २१ गते आइतबार दिउँसो भएको हो। मृतक माझी परिवारका एक जिम्मेवार सदस्य थिए। उनको असामयिक निधनले गाउँमा शोकको वातावरणले छाएको छ। स्थानीय प्रशासन र प्रहरी टोलीले घटनाको अनुसन्धान अगाडि बढाएको छ भने मृतकको शव पोस्टमार्टमका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।

शोकसन्तप्त परिवारप्रति स्थानीय बासिन्दा, जनप्रतिनिधि र सामाजिक संघ–संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै धैर्य तथा सहनशक्ति प्रदान होस् भन्ने कामना गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.