भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

दैलेखमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

दैलेखमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

दैलेख । दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राकम कर्णालीका ४० वर्षीय नगेन्द्र माझीको करेन्ट लागेर मृत्यु भएको छ। स्थानीय नन्दा माझीका साईलो छोरा नगेन्द्र माझी घाँस काट्ने क्रममा रुखमा चढेका थिए।

घाँस काट्दै गर्दा काटिएको रुखको हाँगा नजिकै रहेको क्षेत्रीय विद्युत लाइनमा छोइएपछि उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते अवस्थामा स्थानीयहरूले उद्धार गरे तापनि घटनास्थलमै उनको ज्यान गएको हो ।

उक्त घटना बैशाख २१ गते आइतबार दिउँसो भएको हो। मृतक माझी परिवारका एक जिम्मेवार सदस्य थिए। उनको असामयिक निधनले गाउँमा शोकको वातावरणले छाएको छ। स्थानीय प्रशासन र प्रहरी टोलीले घटनाको अनुसन्धान अगाडि बढाएको छ भने मृतकको शव पोस्टमार्टमका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ।

शोकसन्तप्त परिवारप्रति स्थानीय बासिन्दा, जनप्रतिनिधि र सामाजिक संघ–संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै धैर्य तथा सहनशक्ति प्रदान होस् भन्ने कामना गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.