भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद र करोडौँ जरिवाना

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद र करोडौँ जरिवाना

काठमाण्डौ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतले दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई एक वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना सुनाएको हो। कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप ६ महिना कैद सजाय समेत थपिएको छ।

साथै, उपकरण खरिदको ठेक्का लिएको म्याक्स इन्टरनेशनल प्रालि र उक्त कम्पनीका सीईओ अकबर हुसेनलाई पनि अदालतले दोषी ठहर गरेको छ। अकबर हुसेनलाई डेढ वर्ष कैदसहित बिगो बराबरको १३ करोड ५८ लाख ५२ हजार ६८० रुपैयाँ जरिवाना गरिएको छ। साथै, दोषीहरूसँग बिगो रकम असुल गर्न आदेश दिइएको छ।

अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ (३) अनुसार, विकल पौडेल, म्याक्स इन्टरनेशनल प्रालि र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप जम्मा गर्नु पर्ने समेत अदालतको फैसलामा उल्लेख छ। यसै मुद्दामा संलग्न अन्य प्रतिवादीहरू–सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापा भने सफाइ पाउन सफल भएका छन्।

 


Thali Mobile Pvt.Ltd.