भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद र करोडौँ जरिवाना

सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद र करोडौँ जरिवाना

काठमाण्डौ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिदमा भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतले दोषी ठहर गरेको छ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई एक वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना सुनाएको हो। कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप ६ महिना कैद सजाय समेत थपिएको छ।

साथै, उपकरण खरिदको ठेक्का लिएको म्याक्स इन्टरनेशनल प्रालि र उक्त कम्पनीका सीईओ अकबर हुसेनलाई पनि अदालतले दोषी ठहर गरेको छ। अकबर हुसेनलाई डेढ वर्ष कैदसहित बिगो बराबरको १३ करोड ५८ लाख ५२ हजार ६८० रुपैयाँ जरिवाना गरिएको छ। साथै, दोषीहरूसँग बिगो रकम असुल गर्न आदेश दिइएको छ।

अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ (३) अनुसार, विकल पौडेल, म्याक्स इन्टरनेशनल प्रालि र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति स्वरूप जम्मा गर्नु पर्ने समेत अदालतको फैसलामा उल्लेख छ। यसै मुद्दामा संलग्न अन्य प्रतिवादीहरू–सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापा भने सफाइ पाउन सफल भएका छन्।

 


Thali Mobile Pvt.Ltd.