भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

हिमा नदीमाथिको कलात्मक काठको पुलः परम्परा, प्रकृति र पर्यटनको संगम

हिमा नदीमाथिको कलात्मक काठको पुलः परम्परा, प्रकृति र पर्यटनको संगम

जुम्ला । कर्णाली प्रदेशको एक सुन्दर र शान्त गाउँ, हिमा गाउँपालिका–४ पहाडी सौन्दर्य, सभ्यता र संस्कृति मात्र होइन, यहा निर्माण गरिएको कलात्मक काठको पुलमार्फत पनि चिनिन थालेको छ। हिमा नदीमाथि बनेको यस पुलले जुम्लाको ग्रामीण जीवनशैली र स्थानीय सीपको गहिरो झलक दिएको छ।

पुल निर्माणमा प्रयोग भएको काठ, त्यसमा गरिएको नक्काशी, र पुलको सम्पूर्ण बनावटले स्थानीय स्रोत र सीपको सही उपयोगले सौन्दर्य र कार्यात्मकता दुबै सम्भव छ भन्ने सन्देश दिएको छ। कुनै फलामको ढाँचा वा सिमेन्टको भारी संरचना बिना, यो पुल स्थानीय काठ, परम्परागत प्रविधि र कुशल काठकर्मीहरूको मेहनतको परिणाम हो।

पुल बनाउने सृजनात्मक सोच, यसको डिजाइने नै पर्यटकको ध्यान खिच्न सफल भएको स्थानीय बासिन्दा बताउँछन्। यसले हिमा नदी पार गर्न सहज बनाउनुका साथै प्राकृतिक दृश्य अवलोकन र फोटो खिच्न चाहने पर्यटकका लागि उपयुक्त ‘स्पट’ पनि प्रदान गरेको छ। पुल निर्माणसँगै अब यहाँका स्थानीयवासी र नजिकैका गाउँले पर्यटनसँग सम्बन्धित अन्य पहलहरूमा समेत जुट्न थालेका छन्।

यस पुलमा उभिएर हेर्दा-एकातिर नदीको निलो बहाव, अर्कोतिर पहाडको काखमा टाँसिएका घर, र माथि बादलले छोपेको आकाश। यी सबैले एउटा यस्तो अनुभव दिन्छन्, जुन शब्दमा वर्णन गर्न मुस्किल छ। क्यामेराको लेन्सले यस पुलको सौन्दर्य सजिलै कैद गर्न सक्छ, तर यो पुलबाट प्राप्त हुने शान्ति र आत्मीयता अनुभूत गर्न भने यहाँ नै पुग्नुपर्छ।

 


Thali Mobile Pvt.Ltd.