भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान, प्रतिधिसको बैठक स्थगित

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान, प्रतिधिसको बैठक स्थगित

काठमाडौं । प्रतिनिभि सभाको बैठक स्थगित भएको छ। शक्रुबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगीत भएको हो ।

विहान ११ बजेका लागि बोलाइइएको बैठक समय परिवर्तन गरेर १ः१५ मा बस्ने भनिएको बैठक बसे पनि विपक्षी दलहरूले अवरोध कायमै राख्ने भएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

शुक्रबार सभामुखसँग भएको छलफलमा पनि विपक्षी दलहरू त्यही अडान दोहोर्याएका थिए। दुई घण्टा लामो छलफल भए पनि प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडानबाट उनीहरू पछि नहटेपछि बस्दै नबसी बैठक स्थगित गरिएको हो।
अब अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने सूचनामा उल्लेख छ।

संसद्मा विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्री जवाफ दिन तयार नहुँदा सदन नै नचल्ने अवस्था बनेको हो।

 


Thali Mobile Pvt.Ltd.