भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प

म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी । म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का चीन र थाइल्यान्डसम्म महसूस भएको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा मन्डले शहर नजिकै रहेको र यो शहर म्यानमारको राजधानी नेपिडबाट झन्डै एक सय किलोमिटर उत्तरमा रहेको क्षेत्र हो ।

भूकम्पका कारण बैंककमा भवनहरू क्षतिग्रस्त भएका छन् र नेपिडमा सडकहरू भत्किएका छन् । यसैबीच थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा पनि भूकम्पको धक्का महसूस गरिएको र त्यहाँका धेरै भवनहरू खाली गराइएको छ ।

 


Thali Mobile Pvt.Ltd.