भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

राजावादी समूह र प्रहरीबीच तीनकुनेमा झडप, पानीको फोहोरा र अश्रुग्यास प्रहार

राजावादी समूह र प्रहरीबीच तीनकुनेमा झडप, पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाण्डौ । तीनकुनेमा राजावादी समूहसँग प्रहरीको भडप भएको भएको छ । राजावादी समूहले तीनकुनेमा निशेधित क्षेत्र ताड्ने प्रयास भएपछि भण्डप भएको हो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् । तीनकुनेमा व्यक्तिका घरमा समेत प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाइदिएका छन् ।

उता गणतन्त्रवादीले भृकुटीमण्डपमा प्रदर्शनसहित सभा गरेका छन् । प्रदर्शनका कारण नागरिकले सास्ती पाएका छन् । काठमाण्डौमा सुरक्षा व्यवस्था कडा छ । प्रदर्शन र सभा भइरहेका क्षेत्र तीनकुने, बानेश्वर, माइतीघर, भृकुटीमण्डपलगायतका क्षेत्रमा गाडी चल्न सकेका छैनन् । अरू ठाउँमा भने अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौमा आज दुई वटा छुट्टाछुट्टै प्रदर्शन भएको छ ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा गणतन्त्रवादीको र्‍यालीमा मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) का नेता र कार्यकर्ता सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.