भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोरङमा बाढीले बगाउँदा दुई जनाको ज्यान गयो, दुई जना वपत्ता

मोरङमा बाढीले बगाउँदा दुई जनाको ज्यान गयो, दुई जना वपत्ता

काठमाडौं । बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मोरङमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ भने दुईजना वेपत्ता भएका छन् । एक जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका–५ गौशाला नजिक बूढीखोलाले बगाउँदा मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो १२ बजेतिर खोलामा अचानक आएको बाढीले चार जना महिलालाई बगाएको थियो ।

बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा– ५ की २२ वर्षीया स्वस्तिका चौधरीको जिवितै उद्धार गरिएको छ । सोही स्थानकी २५ वर्षीय प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् ।

मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।
बिहान साढे ९ बजे विद्यालय जाने उनलाई महुरे खोलाले बगाएको र एक सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.