भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विपद् तयारी: ७ हजार बढी प्रहरी परिचालित, ६३ जिल्लामा माइकिङमार्फत जनचेतना अभियान

विपद् तयारी: ७ हजार बढी प्रहरी परिचालित, ६३ जिल्लामा माइकिङमार्फत जनचेतना अभियान

मुख्य बुँदा 

विपद् प्रतिकार्यका लागि ७,३१५ जना सशस्त्र प्रहरी परिचालित

६३ जिल्लामा जनचेतना माइकिङ अभियान

२६ वटा विपद् प्रतिकार्य वेश तयारी अवस्थामा

९९० जना स्वयंसेवक १८ दिने तालिकासहित तयारी

उद्धार उपकरणहरू आवश्यकताअनुसार तुरुन्त प्रयोग गर्न सकिने

काठमाडौं, १८ असोज । विपद् प्रतिकार्यका लागि ७ हजार बढी सशस्त्र प्रहरी परिचालन भएका छन् भने देशभरका ६३ जिल्लामा माइकिङमार्फत जनचेतना अभियान सञ्चालन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद् प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार, हाल ७,३१५ जना सशस्त्र प्रहरी विपद् प्रतिकार्यका लागि परिचालन गरिएको छ।

केसीका अनुसार विभिन्न टोलीहरूले जनचेतना अभिवृद्धि गर्न माइकिङ मार्फत सुरक्षित रहन आह्वान गरिरहेका छन्। अहिले २६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ, जसमा ९ वटा वेश पहिलेदेखि नै सक्रिय थिए। यी सबै वेशमार्फत विपद् प्रतिकार्य कार्य निरन्तर सञ्चालनमा रहेको छ।

त्यसैगरी, ९९० जना स्वयंसेवकलाई १८ दिने तालिकामा तयारी अवस्थामा राखिएको छ। आवश्यकताअनुसार उद्धार उपकरणहरू समेत तयारी अवस्थामा राखिएका छन् र तुरुन्तै प्रयोग गर्न सकिने व्यवस्था गरिएको केसीले बताए।

प्राधिकरणले नागरिकहरूलाई सावधानी अपनाउन, मौसम अपडेटको जानकारी लिन, र विपद् परिस्थितिमा सहयोग गर्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.