भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शिक्षक महासंघको धोकापछि विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलन घोषणा

शिक्षक महासंघको धोकापछि विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलन घोषणा

काठमाडौं, १९ वैशाख । नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीलाई धोका दिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ। महासंघले सरकारसँग आफ्नो हितमा मात्र सम्झौता गरेको र विद्यालय कर्मचारीका मागलाई बेवास्ता गरेको परिषदको आरोप छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिषदले विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलन परिचालन कमिटीको संयोजकमा बब्बन मिश्र तोकिएका छन्। परिषदका अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले रहस्यमय तरिकाले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत शिक्षक र बाल विकास कर्मचारीलाई अलपत्र पारेको बताए।

परिषदले आगामी आन्दोलन शिक्षक महासंघविरुद्ध केन्द्रित हुने जनाएको छ। वैशाख २१ गतेदेखि सुरु हुने १२ कक्षाको परीक्षामा कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने तिवारीले जानकारी दिए। आन्दोलनको मुख्य उद्देश्य शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गर्नु रहेको परिषदले स्पष्ट पारेको छ।

आन्दोलनका कार्यक्रमहरू

  • वैशाख २१ गतेदेखि कालोपट्टी बाँधेर १२ कक्षाको परीक्षा सञ्चालन।
  • शिक्षक र कर्मचारीबीचको विभेद अन्त्यको माग।
  • थप आन्दोलनका कार्यक्रम चरणबद्ध रूपमा घोषणा गरिने।

परिषदले शिक्षक महासंघको एकलौटी निर्णयविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ। यो आन्दोलनले विद्यालय कर्मचारीका हकहित र समानताको मुद्दालाई जोडदार रूपमा उठाउने अपेक्षा गरिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.