काठमाडौं, ११ जेठ । सुदूरपश्चिमेली लोकसंस्कृतिमा आधारित नयाँ देउडा गीत “पाकी काफल डाली” सार्वजनिक गरिएको छ। चर्चित देउडा गायक नरेन्द्र पार्की र गायिका शोभा थापाको स्वरमा सजिएको यो गीतले सुदूरपश्चिमको मौलिकता, भावना र सांस्कृतिक धरोहरलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतका गीतकार, सङ्गीतकार तथा गायक नरेन्द्र पार्की स्वयम् हुन्, जसले आफ्नो सृजनात्मकता मार्फत ग्रामीण परिवेश र प्रेमको गहिरो अनुभूतिलाई प्रस्तुत गरेका छन्। सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिजय थापाले गरेका हुन् भने गीतको रेकर्डिङ बिजय कुमार थापा मगरले विशेष डिजिटल स्टुडियोमा गरेका हुन्।
विशेष फिल्म्सको ब्यानरमा निर्माण भएको भिडियोलाई हरिष बिजलाजीले निर्देशन गरेका छन्। भिडियोमा नरेन्द्र पार्की र अनिता साउदको प्रभावशाली अभिनय देख्न सकिन्छ। छायांकन अमित बीकेले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ राजेश कुमारले गरेका छन्। भिडियोको मेकअप आर्टिस्ट एसके थापा हुन्।
गीत सार्वजनिक गर्दै कलाकारहरूले यो सिर्जना आफ्ना दिवंगत आमा, बुवा, श्रीमती, छोरा, छोरी तथा सम्पूर्ण ईष्टमित्रहरूलाई समर्पण गरेका छन्। यो भावनात्मक समर्पणले गीतलाई अझ मार्मिक बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौं, ८ असार । नेपाली लोकसंगीतको सांगीतिक संसारमा नयाँ स्फूर्ति थप्दै, अनुभवी कलाकारहरूको समुहले “मेरो को छ र” नामक लोकगीत बजारमा ल्याएको छ। पूर्णकला बीसीको आधिकारिक युट्युब च्यानलमार्फत सबैका...
काठमाडौं, ७ असार । नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली कलाकार कृष्ण रेउलेको निर्देशन र प्रस्तुति रहेको दुईवटा फरक स्वाद र भाव बोकेका साङ्गीतिक कोसेलीहरु सार्वजनिक भएका छन्। सार्वजनिक भएका गीतहरू...