भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

एक महिलाको हत्या, एकजना पक्राउ

एक महिलाको हत्या, एकजना पक्राउ

काठमाडौं । बर्दिया बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ । ३९ वर्षीया मीना थारुको हत्या भएको हो ।

गएराति १२ः २० मा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु पप्पुले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालले बताए । मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेको उनको भनाइ छ ।

उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएको र चिकित्सकले मृत घोषणा गरे । हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरी अनुसन्धान थालेको छ । हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.