पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क

पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क image

दाङ । पशुपति मा.वि. हरीपौरीले एसइईको प्रमाणपत्र दिए वापत रु दश हजार रुपैँया लिने गरेको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित उक्त विद्यालयको विद्यालय ब्यबस्थापन समितिले निर्णय गरेर नै उक्त शूल्क लिने गरेको हो । अन्य विद्यालयमा स्तान्तरण गरे वापत पाँच हजार र विद्यालयलाई सहयोग भनेर पाँच हजार रुपैँया लिने गरेको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले बताईन् ।

नीजि विद्यालयमा गएर महंगो शूल्क लिने तर, सामुदायिक विद्यालयमा विद्यालयको हितकालागि लिने शुल्कमा धेरै चासो नदिन उनको आग्रह छ । विद्यालयबाट स्तान्तरण लिएर विद्यार्थीहरु निजि विद्यालयमा पढ्न जान थालेपछि विद्यालयले यस्तो निर्णय गरेको आरोप छ । समुदायबाट नै विद्यालय चलेकाले समुदायले पनि सहयोग गर्नुपर्ने प्रअ चौधरीको भनाइ छ । कक्षा ११ र १२ सञ्चालन भएको भन्दै त्यसमा आउने खर्च ब्यबस्थापनकालागि उक्त रकम उठाईएको हो ।

पाँच हजार मात्रै लिने गरिएको भएपनि यस बर्ष त्यसलाई बढाएर दश हजार बनाईएको चौधरीले बताइन् । यसरी प्रमाणपत्रकै शूल्क १० हजार लिनु गलत भएको स्थानीयले बताएका छन् । प्रमाणपत्रको शुल्क लिनु गलत रहेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । विद्यालय ब्यस्थापन समितिले निर्णय गरेर शूल्क लिएको भन्ने गुनासो शिक्षा शाखामा पनि आएको छ ।

शूल्क सम्बन्धीको निर्णय गर्ने अधिकार विद्यालय ब्यबस्थापन समितिलाई भएपनि यसरी उच्च शूल्क लिन नहुने यसको स्थानीय सरकारले नियमन गर्ने बताए । कक्षा १२ सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको हो । विद्यालय ब्यबस्थापन समितिले यो निर्णय नसच्चाए सोही बमोजिम अगाडी बढ्ने भण्डारीको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’ image

    भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत...

  • फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई  सम्मान image

    फेडोले गर्याे नवनिर्वाचित पत्रकारहरूलाई सम्मान

    काठमाडौं । दलित महिला संघ (फेडो)ले दलित समुदायका मुद्दालाई आम संचारको माध्यमबाट उजागर गरी समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिकासहितको पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । फेडोले आज भव्य कार्यक्रमको...

  • पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत image

    पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

    बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको...

  • डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु image

    डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु

    अछाम । डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका–५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता...


hotelghyampedanda