भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क

पशुपति मा.वि.मा एसइई प्रमाणपत्रको १० हजार शुल्क

दाङ । पशुपति मा.वि. हरीपौरीले एसइईको प्रमाणपत्र दिए वापत रु दश हजार रुपैँया लिने गरेको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित उक्त विद्यालयको विद्यालय ब्यबस्थापन समितिले निर्णय गरेर नै उक्त शूल्क लिने गरेको हो । अन्य विद्यालयमा स्तान्तरण गरे वापत पाँच हजार र विद्यालयलाई सहयोग भनेर पाँच हजार रुपैँया लिने गरेको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले बताईन् ।

नीजि विद्यालयमा गएर महंगो शूल्क लिने तर, सामुदायिक विद्यालयमा विद्यालयको हितकालागि लिने शुल्कमा धेरै चासो नदिन उनको आग्रह छ । विद्यालयबाट स्तान्तरण लिएर विद्यार्थीहरु निजि विद्यालयमा पढ्न जान थालेपछि विद्यालयले यस्तो निर्णय गरेको आरोप छ । समुदायबाट नै विद्यालय चलेकाले समुदायले पनि सहयोग गर्नुपर्ने प्रअ चौधरीको भनाइ छ । कक्षा ११ र १२ सञ्चालन भएको भन्दै त्यसमा आउने खर्च ब्यबस्थापनकालागि उक्त रकम उठाईएको हो ।

पाँच हजार मात्रै लिने गरिएको भएपनि यस बर्ष त्यसलाई बढाएर दश हजार बनाईएको चौधरीले बताइन् । यसरी प्रमाणपत्रकै शूल्क १० हजार लिनु गलत भएको स्थानीयले बताएका छन् । प्रमाणपत्रको शुल्क लिनु गलत रहेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । विद्यालय ब्यस्थापन समितिले निर्णय गरेर शूल्क लिएको भन्ने गुनासो शिक्षा शाखामा पनि आएको छ ।

शूल्क सम्बन्धीको निर्णय गर्ने अधिकार विद्यालय ब्यबस्थापन समितिलाई भएपनि यसरी उच्च शूल्क लिन नहुने यसको स्थानीय सरकारले नियमन गर्ने बताए । कक्षा १२ सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको हो । विद्यालय ब्यबस्थापन समितिले यो निर्णय नसच्चाए सोही बमोजिम अगाडी बढ्ने भण्डारीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.