भर्खरै : Sorry, your browser does not support inline SVG.

पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर

पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा, २५ साउन । तिनाउ गाउँपालिका–४ चिउरी डाँडामा सोमबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

माथागढी गाउँपालिका–५ बङसिङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप बिहान करिब ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो। जीप सडकबाट करिब ११० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा चालकसहित जीपमा सवार १० जना घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि रूपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.