भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भक्तपुरमा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि,१ वर्षमा २ लाख ४५ हजारभन्दा बढी विदेशी पर्यटकको आगमन

भक्तपुरमा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि,१ वर्षमा २ लाख ४५ हजारभन्दा बढी विदेशी पर्यटकको आगमन

काठमाडौं । भक्तपुरमा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०८०।८१ मा दुई लाख ४५ हजार पाँच सय ९३ जना विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक भारतबाट ८७ हजार सात सय ९८ जना आएका छन् । यस्तै चीनबाट ४० हजार चार सय एक, अमेरिकाबाट १३ हजार दुई सय ३०, जर्मनीबाट ११ हजार सात सय पाँच, फ्रान्सबाट १० हजार तीन सय २२, इटालीबाट सात हजार नौ सय ४६, स्पेनबाट ६ हजार ६ सय ८१, जापानबाट ६ हजार एक सय ७०, इङ्गल्यान्डबाट ६ हजार ६६ जना पर्यटक आएका छन् ।

भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.