भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

नेपाल बन्यो विद्युत निर्यात कर्ता, १६ अर्ब ९३ करोडको विद्युत निर्यात

नेपाल बन्यो विद्युत निर्यात कर्ता, १६ अर्ब ९३ करोडको विद्युत निर्यात

काठमाडौं । नेपाल विद्युत निर्यातकर्ता बनेको छ । आर्थिक वर्ष २०८०, ०८१ मा १६ अर्ब ९३ करोडको विद्युत भारततर्फ निर्यात गरेको तथ्याङ्क छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि. एनभिभिएनलाई बिक्री गरिरहेको छ ।

एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट आठ रुपियाँ ७२ पैसा रहेको छ । गत आवमा १६ अर्ब ८१ करोड तीन लाखको विद्युत आयात गरेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्र नदी प्रवाही जलविद्युत गृहबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गत आवमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत आयात गरिएको हो ।

हिउँदयाममा आयात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपियाँ १७ पैसा छ । आयातभन्दा १२ करोड २३ लाखको बढी विद्युत भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको हो । आ

मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट विद्युत निर्यात अनुमति पाउने चरणमा रहेको कार्यकारी निर्देशक घिसिङले बताए । उनले भने, ‘लिऊँ या तिर’ सर्तसहित विद्युत् खरिद बिक्री सम्झौता गरिएका निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रसारण लाइनमा समस्या आउँदाको अवस्थामा बाहेक सारभूत रूपमा खेर एको छैन ।

 


Thali Mobile Pvt.Ltd.