भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रकोमान्यता नदिएसम्म हतियार नछोड्ने हमासको चेतावनी

प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रकोमान्यता नदिएसम्म हतियार नछोड्ने हमासको चेतावनी

एजेन्सी । इजरायली आक्रमण र अन्तर्राष्ट्रिय दबाबबीच हमासले पुनः स्पष्ट पारेको छ कि प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा मान्यता नदिएसम्म आफूहरूले हतियार नछोड्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व मध्यपूर्व दूत स्टीभ विटकोफले हमासले हतियार त्याग्न तयार भएको टिप्पणी गरेपछि हमासले कडा प्रतिक्रिया दिंदै यस्तो चेतावनी दिएको हो। समूहले आफ्नो “प्रतिरोध गर्ने अधिकार” सुरक्षित रहेको बताएको छ।

इजरायलले गाजामा आक्रमण अन्त्यको सर्तस्वरूप हमासको निसस्त्रीकरणलाई प्रमुख विषय बनाउँदै आएको छ। यद्यपि, पछिल्लो समय बन्धक मुक्तिसहितको युद्धविरामका लागि चलिरहेको अप्रत्यक्ष वार्ता पनि रोकिएको छ।

यसबीच, बेलायत, फ्रान्स र क्यानाडालगायत केही पश्चिमी मुलुकहरूले प्यालेस्टाइनलाई मान्यता दिने तयारी गरिरहेका छन्।

इजरायली सेनाका जनरल आयल जामिरले भने गाजाबाट बन्धकहरू नछुटाइए युद्ध अझै जारी रहने बताएका छन्।

गाजामा पछिल्ला महिनादेखिको इजरायली आक्रमणका कारण गम्भीर खाद्य संकट उत्पन्न भएको छ। संयुक्त राष्ट्रसंघले मानवनिर्मित भोकमरी फैलिएको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। खाद्यान्न आपूर्ति अवरुद्ध हुँदा दैनिक दर्जनौं बालबालिकाले भोकका कारण ज्यान गुमाइरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.