भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

युक्रेनमा कम्तिमा पनि २५ जना मारिए

युक्रेनमा कम्तिमा पनि २५ जना मारिए

एजेन्सी । युक्रेनमा कम्तिमा पनि २५ जना मारिएका छन् । रुसी आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो । अमेरिकाले युक्रेनलाई सैन्य सहायता र खुफिया जानकारी दिन रोक लगाएपछि रुसी आक्रमण तीब्र बन्दै गएको छ ।

ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्कीपछि अमेरिकाले यो कदम चालेको हो । रुसको ताजा आक्रमणलाई लिएर पोलिश प्रधानमन्त्री डोनाल्ड टस्कले गम्भीर टिप्पणी गरेका छन् ।

उनले जब कसैले बर्बर मान्छेलाई खुशी दिन्छ तब यस्तै हुन्छ, भनेका छन् । ताजा आक्रमणलाई हेर्दा संघर्ष रोकिनेमा कुनै संकेत नमिलेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार शनिबार डोनेत्स्क क्षेत्रमा भएको एक आक्रमणमा ११ जना मारिए । जहाँ ६ बच्चासहित ४० जना घाइते भए । खार्किव र ओडेसासहित अन्य क्षेत्रमा घर तथा भवन संरचना ध्वस्त पारिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.