भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

पर्यटकले भरिभराउ सोलुखुम्बु, लुक्लामा एकैदिन २ सय उडान

पर्यटकले भरिभराउ सोलुखुम्बु, लुक्लामा एकैदिन २ सय उडान

सोलुखुम्बु । सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले खुम्बु क्षेत्र भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन झन्डै दुई सय उडान भएका छन् । हिजो रामेछापको मन्थली र काठमाण्डौ बाट एक सय ९८ वटा उडान भएका हुन् ।

हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । हिजो एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । पर्यटक आगमनको याम शुरू भएकाले उडान सङ्ख्या अझै बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीले बताए ।

यद्यपि पर्यटक लिएर काठमाण्डौ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या कम हुने गरेको तारा एअरलाइन्सका अमृत मगरले बताए ।

 


Thali Mobile Pvt.Ltd.