भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाण्डौ, २४ माघ । महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित गठन गरिएको मूल समारोह समितिमा काठमाण्डौ महानगरपालिका वडा नं. ८ कार्यालयलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई सदस्यका रूपमा समेटिएको छ ।

पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी तथा व्यवस्थापनको जिम्मेवारी उक्त समितिले सम्हाल्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी तयारीका काम अघि बढाइएको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्वलाई मर्यादित र सुरक्षित बनाउन प्रत्येक उपसमितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको छ ।

यसैबीच, मूल समारोह समितिअन्तर्गतको सुरक्षा उपसमितिको बैठक अस्ति शुक्रबार बसेको थियो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा महाशिवरात्रि पर्वका क्रममा पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापन, सुरक्षा चुनौती र आवश्यक सुरक्षा प्रबन्धबारे विस्तृत छलफल गरिएको प्रवक्ता जोशीले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.